नेपाल प्रिमियर लिग: कुन-कुन खेलाडीले के-के जिते?

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण शानदार रूपमा सम्पन्न भएको छ।

Artha Kendra Artha Kendra
शनिबार, ६ पुष २०८१, ७:२३ PM
फन्ट
नेपाल प्रिमियर लिग: कुन-कुन खेलाडीले के-के जिते?

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण शानदार रूपमा सम्पन्न भएको छ। जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भयो।

यस लिगले नेपाली क्रिकेटप्रति दर्शकहरूको ठूलो आकर्षण मात्र नभई नेपाली र विदेशी खेलाडीहरूको क्षमता उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको छ। प्रतियोगिताको समापनसँगै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मानित गरिएको छ।

  • उत्कृष्ट नेपाली खेलाडी: दिपेन्द्रसिंह ऐरी
    पुरस्कार:  इलेक्ट्रिक एसयूभी कार

  • टुर्नामेन्टका उत्कृष्ट खेलाडी: सैफ अली जैब (सुदूरपश्चिम रोयल्स)
    पुरस्कार: रु. ५,००,०००

  • उत्कृष्ट बलर: ललित राजवंशी
    पुरस्कार: मोटरसाइकल

  • टुर्नामेन्टको उदाउँदो खेलाडी: बिपिन प्रसाद शर्मा (कर्णाली याक्स)
    पुरस्कार: रु. ५०,००० र रु. १०,००,००० बराबरको छात्रवृत्ति

  • टुर्नामेन्टको ऊर्जावान खेलाडी: जिमी नीशम (जनकपुर बोल्ट्स)
    पुरस्कार: रु. २,००,०००

  • सर्वाधिक चौका हान्ने खेलाडी: लाहिरु मिलन्था

  • फेयर प्ले अवार्ड: लुम्बिनी लायन्स

यस संस्करणले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउँदै भविष्यमा अझ रोमाञ्चक लिगका लागि आधार तयार गरेको छ।

सम्बन्धित
जनकपुर बोल्ट्सले जित्यो नेपाल प्रिमियर लिगको पहिलो संस्करणको

जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको पहिलो संस्करणको उपाधि जितेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.