कुहिएको नरिवल बेच्ने भाटभटेनीलाई महानगरले तिरायो २ लाख जरिवाना

शुक्रबार, ५ पुष २०८१, ६:३६ PM
post-image

काठमाडौं महानगरपालिकाले भाटभटेनी सुपरमार्केटलाई ढुसी लागेको नरिवल बेचेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना गरेको छ। महानगरको कृषि तथा पशुपक्षी विकास विभागले गरेको अनुगमनमा नरिवलको ४४ वटा प्याकेटमा ढुसी लागेको भेटिएपछि ती प्याकेट नष्ट गरिएको हो।

साथै, भाटभटेनीलाई त्यस्ता वस्तु बिक्री नगर्न चेतावनी दिइएको छ। महानगरले खाद्य सुरक्षा र गुणस्तर मापदण्डलाई पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ। अनुगमन टोलीले थप छानबिन र निगरानीलाई निरन्तरता दिने जानकारी गराएको छ।

अनुगमन क्रममा भेटिएका नरिवलको प्याकेटमा उत्पादन र म्याद सकिने समय स्पष्ट भए पनि गुणस्तरमा गम्भीर त्रुटि पाइएको थियो। खाद्य गुणस्तर नपुगेका वस्तुको बिक्री रोक्न उपभोक्तालाई सचेत गराउन महानगरले अपिल गरेको छ।

Kathmandu Metro Fines Bhatbhateni

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}