पुस २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै ङादी ग्रुप पावर

ङादी ग्रुप पावर लिमिटेडले पुस २३ गतेदेखि हाल कायम चुक्ता पुँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, ५ पुष २०८१, ११:२४ AM
फन्ट
पुस २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दै ङादी ग्रुप पावर

काठमाडौं, ५ पुस । ङादी ग्रुप पावर लिमिटेडले पुस २३ गतेदेखि हाल कायम चुक्ता पुँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ। यसअन्तर्गत कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ बराबरका १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।  

हकप्रद निष्कासनका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गरिसकेको छ। त्यसैले मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार गरी कायम भएका सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। हकप्रद सेयरका लागि आवेदन दिने अन्तिम मिति माघ १४ गतेसम्म तोकिएको छ।  

कम्पनीले संकलित रकममध्ये १ अर्ब ८१ करोड ८७ लाख ७९ हजार २२२ रुपैयाँ जलविद्युत आयोजनाको निर्माणका लागि र ३ करोड २५ लाख रुपैयाँ मर्मत सम्भारमा उपयोग गर्ने योजना बनाएको छ।  

यस सेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंकका शाखाहरू, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।  

हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.