रविको भाइरल फोटोबारे बोल्यो कास्की प्रहरी: निकोलस भुसाललाई कारबाही हुने !

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतमा रहेको भनिएको तस्विर सार्वजनिक भएको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Artha Kendra Artha Kendra
बिहिबार, ४ पुष २०८१, ४:३४ PM
फन्ट
 रविको भाइरल फोटोबारे बोल्यो कास्की प्रहरी: निकोलस भुसाललाई कारबाही हुने !

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतमा रहेको भनिएको तस्विर सार्वजनिक भएको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कार्यालयका प्रवक्ता डीएसपी बसन्त कुमार शर्माले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त तस्विरले तथ्यपूर्ण अनुसन्धानमा नकारात्मक प्रभाव पार्ने गरी प्रहरीको व्यावसायिकतामा असर पुर्‍याउने प्रकारले सामाजिक सञ्जालमा फैलिएको बताएका छन्। तस्विर डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भएको उल्लेख गरिएको छ।

प्रहरीले गोपनीयताको महत्त्वलाई ध्यानमा राख्दै सूचना र समाचार सम्प्रेषण गर्दा अनुसन्धानमा सहयोग गर्न सबैलाई अपिल गरेको छ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा दुई महिनाभन्दा बढी समयदेखि हिरासतमा छन्। यसै क्रममा, हिरासत कक्षमा उनी सुतिरहेको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

प्रहरीले उक्त तस्विर रविको हो वा होइन भन्ने विषयमा स्पष्ट रूपमा उल्लेख गरेको छैन। तर, अनधिकृत रूपमा सामग्री सार्वजनिक गर्ने कार्यमा संलग्नलाई कानुनी कारबाही गरिने भन्दै घुमाउरो शैलीमा तस्विर लामिछानेकै रहेको स्वीकार गरेको छ।

सम्बन्धित (पुरानो)
रबि लामिछानेको हिरासतको तस्विर सार्बजनिक गर्ने भुषाल माथी कारबाही हुने

पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेको हिरासतको तस्विर सार्बजनिक गर्नेलाइ कारबाही हुने भएको छ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.