कृषि विकास बैंकले गर्यो लाभांश घोषणा
काठमाडौं, ४ पुस । कृषि विकास बैंक लिमिटेड (ADBL) ले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। पुस ४ गते बिहान ९ः३० बजे बसेको बैंकको सञ्चालक समितिको ११३७औँ बैठकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांशको विवरणअनुसार, ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ। नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ। साथै, बैंकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।
उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.