मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा
काठमाडौं, २ पुस । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (MERO) ले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न ७.८९४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
लघुवित्तको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले कुल लाभांशमध्ये ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरूमा वितरण गरिनेछ।
गएको आर्थिक वर्ष (२०८९/८०) मा भने कम्पनीले कुनै लाभांश वितरण गरेको थिएन। यस वर्षको प्रस्तावित लाभांशले लगानीकर्ताहरूलाई प्रोत्साहित गर्ने विश्वास कम्पनीले लिएको छ।