बलेफी हाइड्रोपावरको १००% हकप्रद शेयरमा आजदेखि आवेदन खुला
काठमाडौं, २७ मंसीर । बलेफी हाइड्रोपावर लिमिटेड (BHL) ले मंसिर २७ गतेदेखि १०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर जारी गर्दैछ। यस अनुसार, कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर जारी गर्नेछ, जसको कुल मूल्य १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ हुने छ।
कम्पनीले यस हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कात्तिक २१ गते बुकक्लोज गरेको थियो। तसर्थ, कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्। आवेदन पुस १७ गतेसम्म दिन सकिनेछ।
कम्पनीले यस हकप्रद शेयर निष्काशनबाट प्राप्त रकम विभिन्न ऋणको भुक्तानी तथा अन्य आर्थिक दायित्व पूरा गर्न उपयोग गर्ने योजना बनाएको छ।
कम्पनीको क्रेडिट रेटिङ्ग इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले “आईआरएन डबल बी माइनस” दिएको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ।
हकप्रद शेयरको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट तथा सिडिएससीको मेरो शेयर प्लेटफर्ममार्फत अनलाइन आवेदन दिन सकिनेछ।
बलेफी हाइड्रोपावरको वर्तमान चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ छ। हकप्रद निष्काशन र बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँमा वृद्धि हुनेछ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.