महुली लघुवित्तले पुस ५ गतेदेखि एफपीओ निष्काशन गर्ने

महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले आगामी पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने तयारी गरेको छ।

Artha Kendra Artha Kendra
बुधबार, २६ मंसिर २०८१, ४:२५ PM
फन्ट
महुली लघुवित्तले पुस ५ गतेदेखि एफपीओ निष्काशन गर्ने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले आगामी पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने तयारी गरेको छ। यस पटक लघुवित्तले आफ्ना शेयरधारक समूहलाई विस्तार गर्न ४ लाख ७५ हजार ४४९ कित्ता शेयर निष्कासन गर्नेछ, जसको अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ।

लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत हिस्सा सर्वसाधारणमा पुर्याउनुपर्ने प्रावधानअनुसार एफपीओ ल्याउन लागेको हो। हाल लघुवित्तको सर्वसाधारण हिस्सेदारी १९.६८ प्रतिशत रहेको छ।

यस एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन पुस ९ गतेसम्म खुला रहनेछ भने सो अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा पुस १९ गतेसम्म अवधि थपिनेछ।

एफपीओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि-आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा 'मेरो शेयर' अनलाइन सफ्टवेयरबाट सजिलै आवेदन दिन सक्नेछन्।

हाल महुली लघुवित्तको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ छ। एफपीओ निष्कासनपछि यो पूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.