एचआईडीसीएलको लाभांश घोषणा, बुक क्लोज मिति पनि तय

बुधबार, २६ मंसिर २०८१, १०:३७ AM
post-image

काठमाडौं, २६ मंसीर । जलविद्युत लगानी तथा विकास कम्पनी (HIDCL) ले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यो निर्णय कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो।

कम्पनीले १३औं वार्षिक साधारण सभा पुस २४ गते आयोजना गर्ने बताएको छ। साधारण सभामा लाभांश स्वीकृतिलगायत अन्य महत्वपूर्ण प्रस्तावहरूमाथि छलफल हुने अपेक्षा छ।

लाभांश र साधारण सभाका लागि पुस १२ गतेदेखि कम्पनीले बुक क्लोज गर्नेछ। तसर्थ, पुस ११ गतेसम्म नेप्सेमा कारोबार गरिसकेका सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्ने र सभामा सहभागिता जनाउने अवसर पाउनेछन्।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}