नेपाल प्रिमियर लिग (NPL) को टिकटिङ प्रणालीले दिएन साथ, खल्तीमा समस्या, पहिलो गाँसमै ढुंगा!

सोमबार, १० मंसिर २०८१, ८:४५ PM
post-image

मंसिर १५ शनिबारदेखि सुरू हुने नेपाल प्रिमियर लिग (NPL) को पहिलो संस्करणको टिकट बुकिङ आजदेखि खुला गरिएको छ। क्रिकेट संघ नेपाल (CAN) ले खल्तीलाई आफ्नो टिकटिङ पार्टनरका रूपमा चयन गरेको थियो। तर, NPL लाई सुरुमै ठूलो झड्का लागेको छ।

टिकट बुकिङ खुला गरेको सुरुवातदेखि नै खल्तीको टिकट काट्ने प्रणाली यो समाचार तयार गर्दा सम्म चल्न सकेको छैन। प्रयोगकर्ताहरूले विभिन्न प्रकारका एरर मेसेजहरू देख्न थालेका छन्।

बिना प्रतिस्पर्धा प्रसारण र टिकटिङ पार्टनर चयन गरेको भन्दै CAN माथि यसअघि पनि विरोध हुँदै आएको थियो। यो समस्याले आयोजक र CAN दुबैको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।

यो लिंकबाट टिकट काट्न सकिने बताइएको थियो

https://events.khalti.com/events/ET248RM3QPFQ?sub_event=true

 

 

 

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}