सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै
काठमाडौं, मंसिर ०५ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले २७ हजार ३२१ कित्ताको संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (मंसिर ५ गते) बाट ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.