प्रधानन्त्री ओलीबाट पूर्वसभामुख ढुंगानालाई सम्मानसहित अन्तिम बिदाई
काठमार्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका दिवंगत पूर्व सभामुुख दमननाथ ढुंगानाको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाइ अन्तिम सम्मान गरेका छन् ।
ढुंगानालाई श्रद्धाञ्जली दिन आज उनको पार्थीव शरीर राखिएको स्थान सानो गौचरण पुगेर प्रधानमन्त्री ओलीले झण्डा र पुष्पगुच्छाबाट सम्मान गरेका हुन् । श्रद्धाञ्जलीसभामा नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रीगण, विभिन्न पार्टीका नेता कार्यकर्ता र सामाजिक क्षेत्रका व्यक्तिहरु सहभागी थिए ।
प्रधानमन्त्री ओलीले ढुंगाना नेपालको राजनीतिमा बेग्लै प्रभाव छोड्न सफल, अत्यन्त मिलनसार, मृदुभाषी, सरल र अशल मान्छे हुनुका साथै सबैका कुरा सुन्ने व्यक्तित्व भएको बताए । प्रधानमन्त्री ओलीले ढुंगानामा मुलुकका लागि व्यवस्थित सोच पाइन्थ्यो भन्दै त्यही भएर सरकारले राष्ट्रिय सम्मानका लागि अन्तिम बिदाइको निर्णय गरेको जानकारी दिए । ढुंगानाले देखाएको बाटोमा अघि बढ्न आफूहरु प्रतिबद्ध हुने प्रधानमन्त्रीले बताए ।
मन्त्रिपरिषद्को आज बिहानको बैठकले ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आजका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।