नोक्सानीमा रह्यो जोशी हाइड्रोपावर

सोमबार, ३ मंसिर २०८१, ११:३८ AM
post-image

काठमाडौं, मंसिर ०३ । जोशी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ४८ लाख ८ हजार रुपैयाँको नोक्सानी व्योहोर्नु परेको छ । यसअवधिमा यसले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा यसले ४ करोड ८७ लाख १३ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।

कम्पनीको अनुसार सञ्चालन नाफा बढेसँगै यसको नोक्सानी घटेको हो । यसअवधिमा यसले ५७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले जनाएको छ । असार मसान्तसम्ममा यसले ६६ लाख ६९ हजार रुपैयाँ सञ्चान नोक्सानी व्यहोरेको थियो भने असोज मसान्तसम्म आइपुग्दा यसले विद्युत् बिक्रीबाट ९८ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । 

यसैगरी असोज मसान्तसम्म यसको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ १९ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ५२ रुपैयाँ ०७ पैसा छ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}