फर्स्ट माइक्रोफाइनान्सले ९.४७% लाभांश वितरण गर्ने घोषणा

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूका लागि ९.४७ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ।

Artha Kendra Artha Kendra
बुधबार, १४ कार्तिक २०८१, ३:१५ PM
फन्ट
फर्स्ट माइक्रोफाइनान्सले ९.४७% लाभांश वितरण गर्ने घोषणा

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूका लागि ९.४७ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको हालै सम्पन्न बैठकले यस वर्ष ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। 

नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि यो लाभांश वितरण हुनेछ। यसअघि, फर्स्ट माइक्रोफाइनान्सले अघिल्लो वर्ष सेयरधनीहरूलाई ७.५० प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश प्रदान गरेको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.