लामिछानेको पक्राउमा अवरोध गर्दैनौं- मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले सभापति रवि लामिछानेको पक्राउमा अवरोध नगर्ने जानकारी दिएका छन् ।

Artha Kendra Artha Kendra
शुक्रबार, २ कार्तिक २०८१, ६:१५ PM
फन्ट
लामिछानेको पक्राउमा अवरोध गर्दैनौं- मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले सभापति रवि लामिछानेको पक्राउमा अवरोध नगर्ने जानकारी दिएका छन् ।

पार्टी कार्यलय अगाडी मिडियालाई सम्बोधन गर्दै लामिछानेलाई पक्राउ गर्न प्रहरी आएको बताउदै पक्राउको क्रममा अवरोध नगर्न कार्यकर्तालाई आग्रह समेत गरेका छन् । उनले कुनै अमुक व्यक्तिकोराजनीतिक कुण्ठा पुरा गर्न प्रहरी परिचालन गरेर लामिछानेलाई पक्राउ गर्न लागिएको समेत आरोप लगाएका छन् ।

झाले केहि बेरमामा लामिछानेले मिडियालाई सम्बोधन गरेपछि प्रहरीसँग जाने र प्रहरीले उनलाई आजै पोखरा लैजाने जानकारी दिएको बताएका छन् ।

शुक्रबार नै जिल्ला अदालत कार्कीले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली रास्वपा कार्यालय पुगेको थियो ।   

सम्बन्धित (पुरानो)
रवि लामिछानेलाई पक्राउ गर्न सिआइबीको टोली रास्वपा कार्यालयमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पार्टी कार्यालय बनस्थली पुगेको छ।

यो पनि पढ्नुहोस्

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.