बढ्यो पेट्रोल र डिजेलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमको सञ्चालक समितिले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा हेरफेर गर्ने निर्णय गरेको हो।
यस अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बृद्धि गरिएको छ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।
नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५१ रुपैयाँ पर्ने भएको छ ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.