बढ्यो पेट्रोल र डिजेलको मूल्य

मंगलबार, २९ असोज २०८१, ९:२१ PM
post-image

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमको सञ्चालक समितिले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा हेरफेर गर्ने निर्णय गरेको हो।

यस अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बृद्धि गरिएको छ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५१ रुपैयाँ पर्ने भएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}