अविरल वर्षाले १४ सय मेगावाट विद्युत् उत्पादन ठप्प, अधिकांश जलविद्युत् आयोजनामा असर

आइतबार, १३ असोज २०८१, १०:८ AM
post-image


अविरल वर्षाका कारण नेपालमा करिब १४ सय मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ। विशेष गरी ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, चिलिमे, तल्लो हेवा खोला, हेवा खोला, र माण्डु जलविद्युत् आयोजनाहरू प्रभावित भएका छन्। माथिल्लो तामाकोशीको मुख्य बाँध क्षेत्रको संरचनामा पहिरोले क्षति पुर्‍याएको छ, जसले आयोजनाको उत्पादन अनिश्चितकालका लागि बन्द गरेको छ।

पूर्वाञ्चल क्षेत्रमा पनि केही आयोजनाहरूले वर्षाको असरका कारण सर्तकता अपनाउँदै पावर हाउस बन्द गरेका छन्। बाढीले माइखोलामा काबेली प्रसारणलाइनको टावर बगाएको छ, जसले गर्दा पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति ठप्प भएको छ।

काठमाडौं उपत्यकाको मुख्य प्रसारण लाइन, खिम्ती–लामासाँघु १३२ केभीको टावरलाई पनि कोशी नदीले बगाउँदा विद्युत् आपूर्ति प्रभावित भएको छ। आन्तरिक उत्पादनमा भारी कटौती भएपछि भारतबाट ३ सय मेगावाट विद्युत् आयात गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}