बाढी पहिरोले काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु

शनिबार, १२ असोज २०८१, ३:३० PM
post-image

काठमाडौँ । काठमाडौं उपत्यका तीन जिल्लामा मात्रै बाढी र पहिरोबाट २३ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यका प्रहरीका कार्यालयको शनिवार दिउँसो सवा १ बजेसम्मको जानकारी अनुसार मृतकको संख्या २३ पुगेको हो । 

जसअनुसार काठमाडौंमा ९ जना, ललितपुरमा ९ जना र भक्तपुरमा ३ जनाको मृत्यु भएको छ । यस्तै पाँच जना बेपत्ता रहेका छन् ।

देशको राजधानीमै सुरक्षा निकायले राहत र उद्धारमा कठिनाई बेहोरेको देखिएको छ । कतिपय ठाउमा समयमा उद्धार गर्न नसकेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}