साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने

बुधबार, २ असोज २०८१, १२:४१ PM
post-image

काठमाडौं । साहस उर्जा लिमिटेड (SAHAS) ले आफ्ना शेयरधनीहरूका लागि ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीको भदौ ३१ गतेको सञ्चालक समितिको बैठकमा प्रस्तावित लाभांशलाई कात्तिक ४ गते बोलाइएको वार्षिक साधारण सभाबाट पारित गर्ने निर्णय गरिएको छ। साधारण सभा काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुनेछ।

कम्पनीले १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पेश गरेको छ, जसले कम्पनीको चुक्ता पुँजीमा वृद्धि हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १३ गते बुक क्लोज गर्ने निर्णय भएको छ। असोज १२ गतेसम्म शेयरधनीहरू लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्। सभाले चार आर्थिक वर्षका वित्तीय प्रतिवेदनहरू अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, र परियोजनाका लागि लिइएको ऋणको अनुमोदन पनि गर्नेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}