हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, बोनस र नगद कति ?

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरूलाई १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, २८ भदौ २०८१, १२:४ PM
फन्ट
हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ ।  हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड(HATHY) ले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरूलाई १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यस प्रस्तावलाई कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरूलाई लाभांश वितरण गरिनेछ। कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष पनि कम्पनीले यस्तै अनुपातमा १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.