गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

मंगलबार, २५ भदौ २०८१, ११:५८ AM
post-image

काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले आफ्नो आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। नगद लाभांश बोनस शेयरको कर तिर्ने प्रयोजनका लागि छुट्याइएको छ। 

बोनस शेयरको कुल मूल्य १ करोड ४४ लाख ४९ हजार ५०० रुपैयाँ हुनेछ। यो प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ। 

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश वितरण इतिहास (वितरण गरिएको बोनस र नगद लाभांश):

 
क्र.सं. बोनस लाभांश (%) नगद लाभांश (%) कुल लाभांश (%) घोषणा मिति बुक क्लोज मिति आर्थिक वर्ष
1 १४.२५ ०.७५ १५.०० २०२४-०९-१०   २०८०/२०८१
2 ४.०० ०.२१०५ ४.२१०५ २०२२-१२-१४ २०२३-०१-०४ (बन्द) २०७८/२०७९
3 १६.९०६४ ०.८८९४ १७.७९६ २०२१-०९-२७ २०२१-१०-२५ (बन्द) २०७७/२०७८
4 ७.६१ ०.४ ८.०१ २०१९-११-०६ २०१९-११-१३ (बन्द) २०७५/२०७६
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}