गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले आफ्नो आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। नगद लाभांश बोनस शेयरको कर तिर्ने प्रयोजनका लागि छुट्याइएको छ।
बोनस शेयरको कुल मूल्य १ करोड ४४ लाख ४९ हजार ५०० रुपैयाँ हुनेछ। यो प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.