भगवती हाईड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

Artha Kendra Artha Kendra
आइतबार, २३ भदौ २०८१, १:३२ PM
फन्ट
भगवती हाईड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (BGWT) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांशका लागि २४ औं वार्षिक साधारण सभा बोलाएको छ। सभा असोज १६ गते, बुधबार, बिहान ११ बजे, अर्पण ब्याङ्क्वेट, नयाँ बानेश्वर, काठमाडौंमा हुनेछ।

कम्पनीले सेयरधनीहरूलाई ४ प्रतिशत बोनस शेयर र करसहित १०.७३६८ प्रतिशत नगद लाभांश (कुल १४.७३ प्रतिशत) वितरण गर्ने प्रस्ताव गरेको छ। यो प्रस्ताव विद्युत् नियमन आयोग र साधारण सभाको स्वीकृतिपछि मात्र लागू हुनेछ। 

सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सानको छलफल हुनेछ भने २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणका विषयहरू पनि उठाइनेछ।

लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन कम्पनीले असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, भदौ ३१ सम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन् र सभामा भाग लिन पाउनेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.