चल्न थाल्यो टिकटक
काठमाडौं । सरकारले औपचारिक रुपमै टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई प्रतिबन्ध हटाउन औपचारिक सूचना निकालेसँगै टिकटक चल्न थालेको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले २०८० मंसिरमा सामाजिक सद्भाव बिगार्ने प्रकृतिका सामाग्रीहरु सम्प्रषण भएको र नियमनमा पहुँच नरहेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
सरकारले टिकटकका प्रतिनिधिहरुलाई विभिन्न शर्त राखेको थियो । सरकारले राखेको उक्त शर्तहरु परिपालना गर्न टिकटक सहमत भएसँगै गत भदौ ६ गते मन्त्रिपरिषद्ले प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.