सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

सुपरमाई हाइड्रोपावर लिमिटेडले (SMH) गत आर्थिक वर्षमा हासिल गरेको नाफाबाट आफ्ना सेयरधनीहरूलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो। यो प्रस्ताव विद्युत नियमन आयोग र आउँदो साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।