सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा
काठमाडौं । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा भएको छ। क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि स्किम–३ का इकाईधनीहरूलाई कर सहित ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांशको रकम ५ करोड ६४ लाख ६ हजार रुपैयाँ बराबर हुनेछ। हालसम्म लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक भएको छैन। योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै यो घोषणा गरिएको हो।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.