सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा

बुधबार, ५ भदौ २०८१, १०:३७ AM
post-image

काठमाडौं । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा भएको छ। क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि स्किम–३ का इकाईधनीहरूलाई कर सहित ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

लाभांशको रकम ५ करोड ६४ लाख ६ हजार रुपैयाँ बराबर हुनेछ। हालसम्म लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक भएको छैन। योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै यो घोषणा गरिएको हो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}