शिवम् सिमेन्टको नाफामा भारि गिरावट; अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७.९३ प्रतिशत कम

आइतबार, २७ श्रावण २०८१, १२:३८ PM
post-image

काठमाडौं, साउन २७ । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिमा भएको ५९ करोड ४७ लाख रुपैयाँ नाफाको तुलनामा ५७.९३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यस कम्पनीले ५९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सिमेन्ट बिक्रीबाट हुने आम्दानी घट्दा र बिक्री लागत बढ्दा नाफामा दबाब परेको हो । त्यसैगरी, अन्य आम्दानी पनि घटेको छ । ७ अर्ब ७५ करोड रहेको सञ्चालन आम्दानी घटेर ७ अर्ब ७० करोडमा झरेको छ । यता, बिक्री लागत भने ६ अर्ब ४६ करोडबाट बढेर ६ अर्ब ६७ करोड पुगेको छ । अन्य आम्दानी पनि ३६ करोड ३७ लाखबाट घटेर १९ करोड ८५ लाख कायम भएको छ । चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ रहेको शिवम् सिमेन्ट्सको जगेडा कोषमा ३ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ जम्मा रहेको छ । सेयर प्रिमियममा ९५ करोड ६२ लाख जम्मा छ । यसको प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ छ । 

 

Amount in '000

Particulars Ashad, 2081 Ashad, 2080 Difference
Equity Share Capital 5,027,000 4,400,000 14.25%
Reserve and Surplus 4,475,031 4,896,623 -8.61%
Revenue from Operation 7,707,488 7,752,643 -0.58%
Gross Profit 1,034,892 1,285,402 -19.49%
Other Income 198,547 363,738 -45.41%
Total Expenses 956,384 998,125 -4.18%
Net Profit 250,222 594,783 -57.93%
EPS (Annualized) (Rs.) 4.98 13.52 -8.54
Net worth Per Share (Rs.) 189.02 206.23 -17.21
PE Ratio 149.20 54.95 -

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}