टिकाराम नेतीले पेश गरेका सबै कागजात नक्कली, रकम जम्मा भएको छैन - प्रभु बैंक
काठमाडौं- चार दिनअघि विर्तामोडका पत्रकार टिकाराम नेती (नेपाल) आफ्नी श्रीमतीको बैंक खाताबाट एक करोड १९ लाख रुपैयाँ गायब भएको भन्दै मिडियामा आएका थिए।
विर्तामोडस्थित प्रभु बैंकको शाखामा आफ्नी श्रीमती मञ्जु नेपालको नाममा राखिएको एक करोड १९ लाख रुपैयाँ गायब पारिएको भन्दै उनले मिडियाहरूमा न्यायको अपेक्षा गरिरहेको बताएका थिए।
बैंकका अनुसार मुद्दती खातामा राखिएको भनिएको उक्त रकम नेपाल दम्पतीले अमेरिका जानुअघि बैंकमा झिक्न गएका थिए।
तर, रकम झिक्न जाँदा खातामा दुई लाख रुपैयाँ मात्रै बचत देखिएको थियो।
अनुसन्धान गर्दै जाँदा नेपाल दम्पतीले प्रभु बैंकमा त्यतिको रकम राखेको नै नभेटिएको बैंकले जनाएको छ।
‘उक्त शाखा कार्यालयकी निक्षेपकर्ता मन्जु कुमारी नेपालले मुद्दती रसिदको रकम फिर्ता पाउँ भनी पेश गरेको निवेदन बमोजिमको रकम सम्बन्धित खातामा नरहेको जानकारी प्राप्त हुनासाथ आन्तरिक छानबिन गर्दा उक्त मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवम् नक्कली रहेको व्यहोरा प्रारम्भिक रुपमा देखिन आएको छ,’ बैंकका कोशी प्रदेश प्रमुख बद्रीकुमार कटवालले भने, ‘यस सम्बन्धमा थप छानबिन भइरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको छ।’
आवश्यक छानबिन तथा प्रचलित कानुन बमोजिमको कारबाहीपछि उक्त घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लाग्ने कटवालले जनाएका छन्।
उक्त फर्जी कागजात कसले बनाएर नेपाल दम्पतीलाई दियो भन्नेबारे अनुसन्धान भइरहेको छ। उनीहरू आफैंले बनाएको हो वा कर्मचारीले बनाइदिएको हो भन्नेबारे अनुसन्धानपछि सार्वजनिक गरिने बैंकले जनाएको छ।
विर्तामोड-७ की मञ्जु नेपालको नाममा रहेको खाता नम्बर ०१२०२२७२६०७०००४२ मा ६ महिनाका गत जनवरी १६, २०२४ मा लागि एक करोड १० लाख ४३ हजार रुपैयाँ बैंकमा राखिएको दाबी नेपाल दम्पतीले गरेका थिए।
नेतीले भने आफूले रकम जम्मा गरेको बताउँदै झापा प्रहरीमा निवेदन दिएका छन्। झापा प्रहरीले बैंकसँग बुझ्दा रकम जम्मा नभएको पाइएको बताएको छ।
‘बैंकले बुझिरहेकै होला, रकम जम्मा नगरेको भनी उहाँलाई जानकारी दिएको छ, उहाँले मैले राखेकै हो भन्दै आउनुभएको छ,’ एक प्रहरी अधिकृतले भने।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.