नेप्से २२ सय विन्दुमाथि बन्द हुन सफल, कारोबार रकम ६ महिनाकै उच्च

बिहिबार, २७ असार २०८१, ३:३ PM
post-image

काठमाडौं । नेप्से परिसूचक विहिबार २९ अंकले बढेको छ । नेप्से २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आज ३३१ कम्पनिको ८७ हजार ८६ कारोबारमा ७ अर्ब ८ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

आज बलेफी हाइड्रोको सबैभन्दा बढी ९.९९ र सिटिजन सुपर म्युचुअल फन्डको ९.९७ तथा एनआईबिएल स्टेबल फन्डको ९.८३  प्रतिशत शेयर मुल्य बढेको छ । त्यसैगरी आज समाज लघु वित्तको सेयर सबैभन्दा बढी ४.५९ प्रतिशतले घटेको छ । 

आज कारोबारको हिसाबले सबैभन्दा बढी सिईडीबी हाइड्रोको १५ करोड २५ लाख कारोबार भएको छ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}