Breaking news: रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर

सोमबार, १० असार २०८१, ७:२२ PM
post-image

सर्लाही । सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनलाई बाल यौन दुराचार गरेको कसूरमा  दोषी ठहर गरेको छ । सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो ।

रामबहादुरसँगै तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जितबहादुर तामाङ पनि दोषी ठहरिएका छन् । बम्जनले सर्लाही र सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा आश्रम खडा गर्ने, जबरजस्ती करणी गर्ने, व्यक्ति बेपत्ता पर्ने कार्य गरेको आरोप लागेको थियो । उक्त आरोपमा विभिन्न जिल्लामा जाहेरी समेत परेको थियो । 

प्रहरीले खोजी गर्न थालेपछि उनी लामो समय बेपत्ता रहेका थिए । उनलाई २०८० परुष २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो ।

अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}