ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि  बजेट प्रस्तुत गरेको छ ।

Artha Kendra Artha Kendra
सोमबार, १० असार २०८१, ५:३६ PM
फन्ट
ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट

ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि  बजेट प्रस्तुत गरेको छ । उपप्रमुख  मञ्जली शाक्य बज्राचार्यले सोमबार नगरसभाको पाँचाैँ अधिवेशनको तेस्रो बैठकमा महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँबराबरको आयव्यय विवरण प्रस्तुत गरेकी हुन्।

चालू वर्षका लागि ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको ललितपुरले आगामी वर्षका लागि बजेटको आकार १५ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष ०८१/८२ बजेटमध्ये चालूतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार विनियोजन भएको छ ।

 ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

यो पनि पढ्नुहोस्

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.