वीरगन्ज महानगरले ल्यायो २ अर्ब ८९ करोडको बजेट

शनिबार, ८ असार २०८१, ९:४५ PM
post-image

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ८९ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ।

शनिबार आयोजित वीरगन्ज महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनमा उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८० र ०८१ का लागि २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँ बराबरको अनुमानित आय-व्यय सहितको बजेट सर्वजनिक गरेका हुन् ।

वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ को तुलनामा आगामी आर्थिक वर्षका लागि ६२ करोड कम बजेट ल्याएको छ । चालु आर्थिक वर्षमा वीरगन्ज महानगरको बजेट संशोधनसहित ३ अर्ब ५१ करोड रुपैयाँको रहेको थियो ।

आगामी आर्थिक वर्षको कुल बजेटमध्ये चालू खर्चतर्फ २ अर्ब ४ करोड ६६ लाख  अर्थात ७०.७ प्रतिशत र पूँजीगत खर्चतर्फ ८१ करोड १८ लाख अर्थात २८ प्रतिशत बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि महानगरले खर्च व्यहोर्ने श्रोतहरूमध्ये आन्तरिक राजश्वबाट ७९ करोड ७५ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब २७ करोड ९० लाख  लाख, संघीय राजश्व बाँडफाँटबाट २६ करोड ८० लाख रहेको छ ।  

त्यसैगरी प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजश्व बाडफाडबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको उल्लेख छ ।  

नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर आलमले चालु आर्थिक वर्षमा संघीय सरकारको राजश्व असुलीमा आएको सङ्कुचनको कारण राजश्व बाँडफाँट घट्न गएको, घर जग्गा कारोबारमा आएको मन्दीको कारणबाट घरजग्गा रजिष्ट्रेशन आयस्रोत समेत घट्न जाँदा आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउनु परेको बताएका छन् ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}