नेपाली कप्तान रोहितसँग झगडा गर्न खोज्ने बंगलादेशी खेलाडीलाई आइसीसीले गर्‍यो कारबाही

काठमाडौं : टी–२० विश्वकपमा नेपाली कप्तान रोहित पौडेलसँग विवादमा परेको बंगलादेशी खेलाडीलाई आइसीसी ले कारबाही गरेको छ।

Artha Kendra Artha Kendra
बुधबार, ५ असार २०८१, ८:३१ AM
फन्ट
नेपाली कप्तान रोहितसँग झगडा गर्न खोज्ने बंगलादेशी खेलाडीलाई आइसीसीले गर्‍यो कारबाही

काठमाडौं : टी–२० विश्वकपमा नेपाली कप्तान रोहित पौडेलसँग विवादमा परेको बंगलादेशी खेलाडीलाई आइसीसी ले कारबाही गरेको छ।

बंगलादेशका फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता उल्लङ्घन गरेकोमा आइसीसीले कारबाही गरेको हो। तान्जिमलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ। तान्जिम सो खेलमा म्यान अफ द म्याच पनि बनेका थिए।

नेपालको इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान रोहित पौडेलसँग विवाद गरेका थिए। तान्जिमले रोहितको शरीरमा हात लगाएको पुष्टि भएपछि आइसीसीले कारबाही गरेको हो।

आइसीसीको खेलाडी आचारसंहिता अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले विपक्षी खेलाडीको शरीरमा गलत तरिकाले छुन पाउँदैन। तेस्रो ओभरको अन्तिम बलपछि तान्जिमले हात लगाएर रोहितलाई धकेल्न खोजेका थिए, जसका कारण दुई खेलाडीबीच भनाभन भएको थियो।

सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याइरहेका बेला तेस्रो ओभरको अन्तिम बलमा तान्जिम र रोहितबीच उक्त घटना भएको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.