टी–२० विश्वकप: बंगलादेशसँग २१ रनले हार्‍यो नेपाल

आइसिसी टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।

Artha Kendra Artha Kendra
सोमबार, ३ असार २०८१, ८:५६ AM
फन्ट
टी–२० विश्वकप: बंगलादेशसँग २१ रनले हार्‍यो नेपाल
 

आइसिसी टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।

समूह चरणको अन्तिम खेलमा नेपाललाई जित्नका लागि १०७ रनको लक्ष्य प्राप्त थियो। तर, १९.२ ओभरमा अल आउट हुँदै नेपालले ८५ रन मात्रै बनाउन सक्यो।

नेपालको इनिङ्स ध्वस्त बनाउन तान्जिम हसन साकिबले ४ विकेट लिए। उनले ४ ओभरमा २ मेडेन राख्दै ७ रन मात्र खर्चे। यस प्रदर्शनको लागि उनी प्लेयर अफ द म्याच चुनिए।

त्यस्तै, मुस्तफिजुर रहमानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए। साकिब अल हसनले २ विकेट लिए।

कुशल मल्लले ४० बलमा सर्वाधिक २७ रन जोडे। १७औं ओभरमा आउट हुनुअघि उनले १ चौका र १ छक्का प्रहार गरे।

दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रनको योगदान दिए। उनले २ चौका र १ छक्का हिर्काए। ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए। उनले चार चौका प्रहार गरे।

किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुनुअघि १०६ रन बनाएको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.