दक्षिण अफ्रिकाले नेपाललाई १ रनले हरायो

शनिबार, १ असार २०८१, ८:५३ AM
post-image

टी–२० विश्वकपमा इतिहास रच्नबाट एक रनले चुक्यो नेपाल

दक्षिण अफ्रिकाले नेपाललाई १ रनले हराएको छ। दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले अन्तिम ओभरमा संघर्ष गर्दै ११४ रन मात्र बनाउन सक्यो। यो रोमाञ्चक खेलमा नेपालको उत्कृष्ट प्रयासको बावजुद जित हात पार्न असफल भयो।

जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे । उनले एक चौका र एक छक्का प्रहार गरे । 

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे ।

कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे ।  क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हिर्काए ।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे । ४ ओभर बलिङ गर्दै उनले १९ रनमात्र दिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए । 

यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

यससँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना पनि सकिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}