उत्कृष्ट बलिङका बीच दक्षिण अफ्रिकाले दियो नेपाललाई ११६ रनको लक्ष्य
काठमाडौँ । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको हो ।
टोलीका लागि ओपनर रिजा हेन्डरक्सले ४९ बलमा सर्वाधिक ४३ रन बनाए, जसमा ५ चौका र १ छक्का समावेश थिए। ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए, जसमा २ चौका र १ छक्का समावेश थिए।कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए र २ चौका प्रहार गरे। क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे, जसमा एक चौका समावेश थियो।
नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए, ४ ओभर बलिङ गर्दै १९ रन मात्र दिए। त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर ३ विकेट लिए।
यस खेलमा पुनरागमन गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै १८ रन मात्र खर्चिए तर विकेट लिन सकेनन्।