ताप्लेजुङमा पहिरो, फक्ताङलुङ गाउँपालिका उपाध्यक्षको परिवारका चार जनाको मृत्यु

फुङ्लिङ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

Artha Kendra Artha Kendra
शुक्रबार, ३२ जेठ २०८१, ८:१२ AM
फन्ट
ताप्लेजुङमा पहिरो, फक्ताङलुङ गाउँपालिका उपाध्यक्षको परिवारका चार जनाको मृत्यु

फुङ्लिङ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।

फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएका छन् । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.