पाकिस्तानले निकाल्यो पहिलो जित, क्यानडा ७ विकेटले पराजित

मंगलबार, २९ जेठ २०८१, ११:२ PM
post-image

न्युयोर्क। टी–२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ। मंगलबार राति समूह ए अन्तर्गतको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो।

जितका लागि १०७ रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। पाकिस्तानका लागि मोहम्मद रिजवान र कप्तान बाबर आजमले जितको आधार तयार गरे।

दुवैले दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गरे। बाबर आउट भएपछि ६२ बलमा ६३ रनको साझेदारी तोडियो।

कप्तान बाबरले ३३ बलमा ३३ रन बनाए, जसमा १ चौका र १ छक्का समावेश थियो।

रिजवानले टोलीका लागि सर्वाधिक ५३ रन बनाए। उनले ५३ बलमा २ चौका र १ छक्का प्रहार गरे।

यसअघि, एरोन जोनसनको अर्धशतकको मद्दतले क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १०६ रन बनाएको थियो।

नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा, जहाँ लो स्कोरिङ खेलहरू भइरहेका थिए, जोनसनले शानदार ब्याटिङ गर्दै ४४ बलमा ५२ रन जोडे। उनले यस क्रममा ४ चौका र ४ छक्का प्रहार गरे।

कलिम सानाले १४ बलमा १३ रन बनाए भने कप्तान साद बिन जाफरले २१ बलमा १० रनको योगदान दिए।

पाकिस्तानका लागि ह्यारिस राउफ र मोहम्मद आमिरले २-२ विकेट लिए भने शाहिन शाह अफ्रिदी र नसिम शाहले १-१ विकेट हात पारे।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}