पाकिस्तानलाई भारतले दियो १२० रनको टार्गेट, पुरै २० ओभर पनि खेल्न सकेन भारत

न्युयोर्कमा भइरहेको आईसीसी टी–२० विश्वकपको समूह ए अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई १२० रनको लक्ष्य प्रस्तुत गरेको छ

Artha Kendra Artha Kendra
आइतबार, २७ जेठ २०८१, ११:३२ PM
फन्ट
पाकिस्तानलाई भारतले दियो १२० रनको टार्गेट, पुरै २० ओभर पनि खेल्न सकेन भारत

न्युयोर्कमा भइरहेको आईसीसी टी–२० विश्वकपको समूह ए अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई १२० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले १९ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन बनायो।

भारतले खेलको सुरुवात राम्रो गर्न सकेन। १२ रनमै विराट कोहली आउट भए भने १९ रनमा कप्तान रोहित शर्माले विकेट गुमाए।

कोहलीले मात्र ४ रन बनाउन सके भने शर्माले १२ बलमा १३ रन बनाए, जसमा १ चौका र १ छक्का समावेश थियो। त्यसपछि ऋषभ पन्त र अक्षर पटेलले भारतको इनिङ सम्हाले। उनीहरूले मिलेर ३० बलमा ३९ रन जोडे। पन्तले टोलीका लागि सर्वाधिक ४२ रन बनाए। ३१ बल खेल्दै उनले ६ चौका प्रहार गरे।

अक्षर पटेलले १८ बलमा २० रन जोडे, जसमा २ चौका र १ छक्का समावेश थियो।

पन्तले त्यसपछि सूर्यकुमार यादवसँग २२ बलमा ३१ रनको साझेदारी गरे। तर त्यसपछि भारतले लगातार विकेट गुमाउन थाल्यो।

पाकिस्तानका लागि नसिम शाह र ह्यारिस राउफले ३-३ विकेट लिए। शाहले ४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चिए भने राउफले ३ ओभर बलिङ गर्दै २१ रन दिए। मोहम्मद आमिरले २ विकेट हात पारे।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.