बालेन लक्षित ओलीको व्यंग्य "भैँसीको ढाडमा लात्ती हानेँ भनेर झिँगा दंग पर्छ"

शुक्रबार, २५ जेठ २०८१, १२:३२ PM
post-image

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धुको जग्गा सट्टापट्टामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकबाट केही दिनअघि गरेको टिप्पणीको जवाफ दिएका छन्।

चितवनको भरतपुर विमानस्थलमा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले मेयर बालेनको टिप्पणीलाई 'भैंसीको ढाडमा झिँगाले लात हानेको जस्तो' भनेर प्रतिक्रिया दिएका छन्।

‘भैंसीको ढाडमा झिँगा बसेको हो कि के हो, थाहा नै हुँदैन, तर झिँगा भने दङ्ग हुन्छ कि मैले चार लात हानेँ भनेर! म अनावश्यक विवादमा पर्न चाहन्नँ,’ मेयर बालेनलाई लक्षित गर्दै अध्यक्ष ओलीले भने।

उनले राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य बनाउने आवश्यकता औंल्याए। ‘राष्ट्रिय राजनीतिलाई सभ्य बनाउनुपर्छ, असभ्य बनाउनु हुँदैन,’ अध्यक्ष ओलीले भने।

मेयर बालेनले गिरीबन्धु जग्गा प्रकरणमा दस हजार करोडको अनियमितता रहेको र त्यसमा अध्यक्ष ओलीको संलग्नता रहेको भनेर फेसबुकमा पोस्ट गरेका थिए।

मेयर बालेनले गिरीबन्धु जग्गा सट्टापट्टा गरिदिन्छौं भनेर लिएको बैना फिर्ता गर्न पनि भनेका थिए।

‘गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला। नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नु भएको हो,’ मेयर बालेनले भनेका थिए।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}