सुपर ओभरमा अमेरिका विजयी, पहिलो खेलमा पाकिस्तान स्तब्ध

बिहिबार, २४ जेठ २०८१, १:३ AM
post-image

काठमाडौं ।। टी–२० विश्वकपमा समूह ‘ए’ अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हात पारेको छ । सुपर ओभरमा पाकिस्तान ५ रनले पराजित भएको थियो । 

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो । आरोन जोन्सले ११ रन बनाए भने मोहम्मद आमिरले थप ७ रन दिए ।

विश्वकपमा सुपर ओभरबाट खेलको निर्णय भएको यो दोस्रो पटक हो । यसअघि मे २१ मा समूह बी अन्तर्गत नामिबिया र ओमानबीचको खेल सुपर ओभरमा पुगेको थियो भने उक्त खेल नामिबियाले जितेको थियो ।

यसअघि पाकिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याउँदै अमेरिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५९ रन बनाएको थियो । दुवै टोलीले बराबरी गोल गरेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

अमेरिकाका लागि कप्तान मोनक पटेलले अर्धशतकीय पारी खेले । ३८ बलको सामना गर्दै उनले ७ चौका र १ छक्का प्रहार गरे । 

त्यस्तै आरोन जोन्सले नटआउट रहे र २६ बलमा ३६ रन बनाए । उनले २ चौका र २ छक्का प्रहार गरे । एन्ड्रियास गाउसले २६ बलमा ३५ रनको योगदान दिए । 

नितिश कुमारले १४ बलमा १४ रन बनाए । पाकिस्तानका लागि मोहम्मद आमिर, नसिम शाह र ह्यारिस रउफले १/१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ४३ बलमा ४४ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

सादब खानले २५ बलमा ४० रनको योगदान दिए । उनले एक चौका र ३ छक्का प्रहार गरे । शाहिन शाह अफ्रिदीले १६ बलमा २३ रन बनाए ।

अमेरिकाका लागि नोस्टस केन्जिङ्गेले ३ तथा सौरभ नेत्रावलकरले २ विकेट लिए । अलि खान र जसदीप सिंहले १–१ विकेट लिए ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}