ऋषि धमलाले जापान पठाइदिन्छु भन्दै ८ लाख ठगी गरेको आरोप, युवा आए मिडियामा ( भिडियो )

शुक्रबार, ११ जेठ २०८१, ९:३० AM
post-image

दियो पोस्टमा एक अन्तर्वार्ता दिँदै धादिङका एक युवकले वरिष्ठ पत्रकार तथा प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले जापान पठाइदिन्छु भन्दै आफूसँग ८ लाख पचास हजार ठगि गरेको आरोप लगाएका छन्।

पटक पटक भिसा आयो भन्दै काठमाडौं बोलाउने तर अनेक बहाना बनाएर टार्ने गरेको उनले बताएका छन्। उक्त अन्तर्वार्तामा उनले ऋषि धमलाले यसरी काम गर्दिन्छु भन्दै धेरै व्यक्तिसँग रकम उठाएर ठगी गर्दै आएको आरोप पनि लगाएका छन्।

अन्तर्वार्तामाकै क्रममा उनले ऋषि धमलालाई फोन लगाउँछन् तर फोन व्यस्त भनेर आउँछ। एकै छिनमा ऋषि धमलाका चालकको फोन बाट धमलाले फोन गर्दै पैसा र पासपोर्ट फिर्ता दिन र सहमति गरौं भनेको संवाद उक्त भिडियोमा सुन्न सकिन्छ।

अपडेट

लालीगुराँस मीडिया नेटवर्कमा उनले अर्को अन्तरवार्ता दिएका छन्। उनले आफ्नो कुरा फेर्दै ऋषि धमला सँग आफ्नो केही ब्यक्तिगत लेनदेन भएको र आवेगमा उक्त अन्तरवार्ता दिएको बताएका छन्।

ऋषि धमलालाई बद्नाम गर्न भिडियो भाइरल गराइएको र दियो पोष्टले हटाउन नमानेको आरोप पनि उनले लगाएका छन्।

दियो पोष्टले भने उक्त अन्तरवार्ताको खण्डन गर्दै व्यक्तिलाई होस्टाईल बनाएर उक्त अन्तरवार्ता दिन लगाएको जनाएको छ।

१० लाखको चेक दिएर ऋषि धमलाले पीडितलाई होस्टाइल गराए : श्रीमतीको सहयोगीबाट खण्डन

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}