राष्ट्रिय वाणिज्य बैँकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड हस्तान्तरण गरेको छ ।
गृहमन्त्री रमेश लेखकले कांग्रेस संसदीय दलको बैठकमा बाढी-पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ब्रिफिङ गरेका छन् ।
साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ ।
सरकारले विषद्मा घरबास गुमाएका परिवारहरूको अस्थायी आवास निर्माणका लागि तत्काल पहिलो किस्ता अनुदान रकम उपलब्ध गराउने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन चितवनमा गर्ने भएको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले बाढी पहिरोले पुरयाएको क्षति प्रति दुःख ब्यक्त गर्दै नेपालीको जीवन गुमेको, घाईते हुनु परेको र आफ्नो जायजेथा गुमाउनु परेको सुन्नु पर्दा अत्यन्त पीडाबोध भएको बताएका छन् ।
सरकारले सर्वदलीय बैठक बोलाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पत्रकार सम्मेलन गर्दै छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2025 arthakendra.com All Rights Reserved.