काठमाडौंको तिनकुनेमा राजावादीहरूको प्रदर्शन, सुरक्षा सतर्कता बढाइयो

काठमाडौं, १५ चैत । काठमाडौंको तिनकुनेमा राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको माग गर्दै राजावादीहरू भेला हुन थालेका छन्। उनीहरूले प्रदर्शन गरिरहेका छन्, जसलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। विभिन्न क्षेत्रबाट राजावादीहरूको जुलुस निस्किएको छ।