राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु

शुक्रबार तीनकुनेमा राजावादीहरूको प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको ज्यान गएको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, १५ चैत २०८१, ६:२६ PM
फन्ट
राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु

शुक्रबार तीनकुनेमा राजावादीहरूको प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको ज्यान गएको छ।

 गृह मन्त्रालयले जनाए अनुसार कीर्तिपुर-४ निवासी २९ वर्षीय सविन महर्जनको उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएलगत्तै मृत्यु भएको थियो।

उनको छातीमा गोली लागेको र अस्पताल आइपुग्दा नै मृत्यु भइसकेको बताए। उनको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालको फरेन्सिक विभागमा राखिएको छ। यसअघि प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रमा निजी घर, सरकारी गाडी, मिडिया र राजनीतिक दलका कार्यालयहरूमा समेत आक्रमण तथा आगजनी गरेका थिए।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.