बाराका किसानले पाएनन १८ करोड रुपैयाँ भुक्तानी, दुग्ध संघद्वारा आन्दोलनकाे घोषणा
बारा, १४ फागुन । बारा जिल्ला दुध उत्पादक सहकारी संघ लि.ले किसानको माग सम्बोधनमा सरकार जिम्मेवार नभएको भन्दै केन्द्रिय दुग्ध सहकारी संघ लि. नेपालद्वारा घोषणा गरेको राष्ट्र व्यापी दुग्ध किसान आन्दोलनमा एकेबद्धता जाहेर गर्दै आन्दोलन घोषणा गरेका छन् ।