दशरथचन्द नगरपालिकाले गाडी मर्मत र इन्धनमै सक्यो आधा करोड, एउटालाई दिनुपर्ने भुक्तानीमा आर्कैको बिजक
धनगढी । बैतडीको दशरथचन्द नगरपालिकाले इन्धन र गाडी मर्मतका नाममा आधा करोडभन्दा बढी खर्च गरेको पाइएको छ।
नगरपालिकाले इन्धन र गाडी मर्मतको नाममा मनलाग्दी खर्च गरेको पाइएको हो। सवारीसाधन मर्मत र इन्धन वितरण मापदण्ड बनाएर गर्नुपर्ने भए पनि नगरपालिकाले त्यसो नगरेको पाइएको छ।
मापदण्ड बिनै मनलाग्दी रुपमा ५२ लाख ३२ हजार रुपैयाँ खर्च गरेको पाइएपछि नगरपालिकाको चर्को आलोचना भइरहेको छ।
सरकारी सवारीसाधन सरकारी काममा मात्र प्रयोग गर्नुपर्ने, सरकारी सवारीसाधन अनाधिकृत व्यक्तिले प्रयोग नगर्ने व्यवस्था हुँदाहुँदै पनि दशरथचन्द नगरपालिकामा भने सवारीमर्मत र इन्धन वितरणमा मनपरी भइरहेको फेला परेको छ। सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारीता कायम गर्ने सम्बन्धि नीतिगत मार्गदर्शन २०७५ विपरीत सो नगरपालिकाले इन्धनमा मात्र ३० लाख ८२ हजार ९६ रुपैयाँ खर्च गरेको छ।
इन्धन खर्चमा नगरपालिकाले कुनै मापदण्ड समेत बनाएको छैन। त्यस्तै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ बमोजिम सरकारी जिन्सी मालसामान हानिनोक्सानी नहुने गरी संरक्षण गर्ने र चालू अवस्थामा राख्ने उत्तरदायित्व सम्वन्धित कार्यालय प्रमुखको हुने व्यवस्था छ। नगरपालिकाले भने महालेखा परीक्षकको फाइल नम्बर ४४५ तयार नगरेरै सवारीमर्मतको नाममा २१ लाख ५० हजार रुपैयाँ खर्चेको हो।
यस्तै नगरपालिकाले अर्को चरम लापरबाही गरेको पनि पाइएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को ३९ (१०) मा सरकारी रकमको खर्च लेख्नु अघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक बिल भरपाइ र कागजात संलग्न भए/नभएको तथा संलग्न कागजात अनुसार भुक्तानी दिन रीत पुगे/नपुगेको जाँच गर्नुपर्ने हुन्छ।
तर, नगरपालिकाले इन्धन खरिदको भुक्तानी गर्दा एउटा सप्लायर्सको बियक राखेर अर्कै सप्लायर्सलाई भुक्तानी दिएको छ। २०७९ चैत २ मा काटिएको १६६ भौचर नम्बरको बिलमा भुक्तानी गर्नुपर्ने महादेव जनरल स्टोरलाई भए पनि हरि आयल स्टोरको बिजक नम्बर एचवएस-छज्ञणड-७९/८० राखेको पाइएको छ। उक्त बिजकमा ५ लाख ८७ हजार ४०० को बिल काटिएको छ।
यसरी नगरपालिकाले चरम आर्थिक चलखेल गरेको र भ्रष्टारको गन्ध आइरहेको स्थानीय बताउँछन्।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.