सुनको मूल्य ह्वात्तै बढ्यो , बनायो नयाँ रेकर्ड

बिहिबार, ३ जेठ २०८१, ११:५० AM
post-image

३ जेठ २०८१, बिहिवार। सुन–चाँदीको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ । 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ४० हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।

यसअघि २०८० साल चैत ३० गते सुनको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ८०५ रुपैयाँ कायम भएको छ । यसअघि हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}