पञ्चेबाजा बजाएर सन्दीपलाई समर्थकको स्वागत
काठमाडौं, २ जेठ । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएसँगै उनका समर्थकले उत्सव मनाइरहेका छन्। पञ्चेबाजा बजाउँदै समर्थकहरूले सन्दीपको स्वागत गरेका हुन्।
आज फैसला आउने भएसँगै दिउँसोदेखि नै अदालत परिसरमा समर्थकको भीड लागेकोमा उनले सफाइ पाएसँगै समर्थकले उत्सव मनाएका छन्।
जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उच्चले उनलाई निर्दोष ठहर गरेको हो। गौशाला २६ ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएकोमा उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए। हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो।
जिल्ला अदालतले दोषी ठहर्याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेकोमा उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन पाउनेछन्।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.