दुवै सदनमा टेबुल हुन पाएन नीति तथा कार्यक्रम

मंगलबार, १ जेठ २०८१, ८:३४ PM
post-image

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्ताव समेत आजको दुवै सदनमा अगाडी बढ्न सकेन ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको नेपाली कांग्रेसले त्यसपछिका संसद् बैठक अवरुद्ध गरेपछि सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्ताव समेत आजको दुवै सदनमा अगाडी बढ्न नसकेको हो ।

नीति तथा कार्यक्रम प्रस्तुतपछिको राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको कांग्रेसले प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको थियो ।

त्यस्तै प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै कांग्रेस सांसद्हरुले वेल घेरेर नारबाजी गरेका थिए । सभामुख देवराज घिमिरे जबर्जस्ती बैठक संचालन गर्न खोजेको बुझेपछि कांग्रेसका सांसदहरु बैठक शुरु हुनासाथ नाराबाजी घेर्दै वेल घेर्न पुगेका थिए। 

कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दैआएको आज राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्नदिने बाहेकका कार्यक्रम अवरोध गर्ने यस अघि नै  जानकारी दिएको थियो ।

अब दुवै सदनको बैठक जेठ ३ गते बस्ने भएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}