बहस नसकिएपछि सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

मंगलबार, १ जेठ २०८१, ६:५८ PM
post-image

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ ।

क्रिकेटर लामिछाने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए ।

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दिपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

आज उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा सुनुवाई भएको थियो ।

आज दुवै पक्षका वकिलहरुको बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा राखिएको हो । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}